नियम २३
आन्तरिक लेखापरीक्षण
(१) केन्द्रले आफ्नो आम्दानी खर्चको हिसाब किताब नियमित रुपमा मान्यता प्राप्त लेखा परीक्षकबाट आन्तरिक लेखापरीक्षण गराई अद्यावधिक गराई राख्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम आन्तरिक लेखापरीक्षण गर्दा देहायका कुराहरुमा विशेष ध्यान दिनु पर्नेछः–
(क) केन्द्रले स्वीकृत गरेको योजना तथा कार्यक्रममा खर्च गरे नगरेको,
(ख) आर्थिक विनियमावलीको पालना गरे नगरेको,
(ग) सम्पत्तिको संरक्षण गरे नगरेको,
(घ) स्वीकृत बजेट अनुसार कार्य सम्पादन गरे नगरेको,
(ङ) केन्द्र समक्ष मासिक प्रतिवेदन पेश गरे नगरेको ।
(३) मन्त्रालयले चाहेमा समितिको आय–व्ययको लेखा, नगदी, जिन्सी वा अन्य कागजात जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ ।
(४) आन्तरिक लेखापरीक्षण गर्दा अपनाइने कार्यविधि समितिले निर्धारण गरे बमोजिम हुनेछ ।